१६ चैत्र २०८२, सोमबार | March 30, 2026

नेपालसहित पाँच सांसदले बुझाए स्पष्टीकरण, नवौं महाधिवेशनद्वारा पारित विधान विपरित कुनै गतिविधि नगरेको दाबी



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जना सांसदले संसदीय दलका नेता केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् ।

नेता नेपालसहित झलनाथ खनाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र भवानी खापुङले संसदीय दलको कार्यालय सिंहदरबारमा स्पष्टीकरण बुझाएका हुन् ।

इमेलबाट प्राप्त स्पष्टीकरणको जवाफ लेख्दै उनीहरुले आफुहरुमाथि लगाइएको आरोप निराधार भएको जिकिर गरेका छन् । नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसबाट निर्मित नियमावली विरुद्ध आफुहरुले कुनै काम नगरेको स्पष्टीकरणमा उल्लेख गरिएको छ ।

 

यो पनि पढ्नुहोस : नेपाल पक्षका सांसदहरुलाई पदमुक्त गराउने प्रक्रिया सुरु, ३२ जनालाई सोधियो स्पष्टीकरण

 

नेता सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरणमा भनिएको छ, ‘सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पार्टी कमिटीहरु तथा जनसंगठनका सबै संरचनाहरुलाई पूर्ववत् क्रियाशील तुल्याउनु पर्छ भन्ने मान्यता राख्दै श्री सर्वोच्च अदालतको फैसलाबाट पुनर्जिवित भएका ती पूर्व कमिटीका गतिविधिमा मेरो संलग्नता रहनु हाम्रो पार्टीको विधान सम्मत गतिविधि हो।’

दुई दिनअघि यही बैशाख ७ गते एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेता नेपालसहित संघीय संसदका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। ओलीले सांसद सदस्य पदबाट किन नहटाउने प्रश्न गर्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफसहित स्पष्टीकरण दिन लिखित चेतावनी दिएका थिए । ओलीलाई स्पष्टीकरण चित्त नबुझे उनले थप कारवाही गर्ने तयारी गरेका छन् ।

यसअघि अध्यक्ष ओलीले नेपापसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनासम्म पार्टीबाट निलम्बन गरिसकेका छन् ।

 

सुरेन्द्र पाण्डेको स्पष्टीकरण

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/04/uml-surendra-spastikaran.pdf”]

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  २ : १४ बजे

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं