३ पुस २०८२, बिहिबार | December 19, 2025

नेपालसहित पाँच सांसदले बुझाए स्पष्टीकरण, नवौं महाधिवेशनद्वारा पारित विधान विपरित कुनै गतिविधि नगरेको दाबी



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच जना सांसदले संसदीय दलका नेता केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् ।

नेता नेपालसहित झलनाथ खनाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र भवानी खापुङले संसदीय दलको कार्यालय सिंहदरबारमा स्पष्टीकरण बुझाएका हुन् ।

इमेलबाट प्राप्त स्पष्टीकरणको जवाफ लेख्दै उनीहरुले आफुहरुमाथि लगाइएको आरोप निराधार भएको जिकिर गरेका छन् । नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसबाट निर्मित नियमावली विरुद्ध आफुहरुले कुनै काम नगरेको स्पष्टीकरणमा उल्लेख गरिएको छ ।

 

यो पनि पढ्नुहोस : नेपाल पक्षका सांसदहरुलाई पदमुक्त गराउने प्रक्रिया सुरु, ३२ जनालाई सोधियो स्पष्टीकरण

 

नेता सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टीकरणमा भनिएको छ, ‘सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पार्टी कमिटीहरु तथा जनसंगठनका सबै संरचनाहरुलाई पूर्ववत् क्रियाशील तुल्याउनु पर्छ भन्ने मान्यता राख्दै श्री सर्वोच्च अदालतको फैसलाबाट पुनर्जिवित भएका ती पूर्व कमिटीका गतिविधिमा मेरो संलग्नता रहनु हाम्रो पार्टीको विधान सम्मत गतिविधि हो।’

दुई दिनअघि यही बैशाख ७ गते एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेता नेपालसहित संघीय संसदका २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। ओलीले सांसद सदस्य पदबाट किन नहटाउने प्रश्न गर्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफसहित स्पष्टीकरण दिन लिखित चेतावनी दिएका थिए । ओलीलाई स्पष्टीकरण चित्त नबुझे उनले थप कारवाही गर्ने तयारी गरेका छन् ।

यसअघि अध्यक्ष ओलीले नेपापसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनासम्म पार्टीबाट निलम्बन गरिसकेका छन् ।

 

सुरेन्द्र पाण्डेको स्पष्टीकरण

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/04/uml-surendra-spastikaran.pdf”]

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  २ : १४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको