७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भोलिदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि पूजाआजा गर्न अनिश्चितकालीन रोक



काठमाडौं । काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा शुक्रबारबाट भक्तजनका लागि पुजाआजा गर्न अनिश्तिकालीन रोक लगाइएको छ ।

बिहीबार कोषले विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुका लागि पूजाआजामा रोक लगाएको हो ।

‘बैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि सक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गर्दै भोलिबाट अर्को व्यवस्था नभएसम्मको लागि भक्तजनको लागि मन्दिर बन्द गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : ३२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल