१ पुस २०८२, मंगलबार | December 17, 2025

सम्मानयुक्त शब्दसहित सम्मानपत्र र परिचयपत्र दिन बर्हिगमित लडाकुको माग



काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ ।

बर्हिगमित जनमुक्ति सेना नेपालले गरेको चौथो राष्ट्रिय सम्मेलनको पूर्ण केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै आफूहरुलाई लगाइएको अयोग्यको बिल्ला खारेज गरी राज्यद्धारा सम्मानपत्र र परिचयपत्र वितरण गर्नुपर्ने माग राखेको हो ।

त्यसैगरी तत्कालिन नेकपा माओवादी र नेपाल सरकारबीच भएको हतियार र सेना व्यवस्थापनको अनुगमन सम्झौता अनुरुप तत्कालिन समयका १८ वर्ष मुनिका बाल सेनाहरुलाई पुनस्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान गरिनुपर्ने पनि माग गरेको छ ।

बर्हिगमित जनमुक्ति सेनालाई स्वेच्छिक अवकाश लिएका जनमुक्ति सेना सरह आर्थिक प्याकेज दिनुपर्ने, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, सम्पूर्ण राजनीतिक आन्दोलनका घाइतेहरुलाई औषधि उपचारसहितको दिर्घकालिन व्यवस्था गरिनुपर्ने र सम्पूर्ण बहिर्गमित जनमुक्ति सेनाका सदस्य तथा तिनका बालबालिकालाई कम्तिमा कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न समेत माग गरेका छन् ।

बर्हिगमित जनमुक्ति सेना नेपालका इन्चार्ज असिम आङबुहाङ्ग लिम्बुले जनयुद्धकालका नेतृत्व तथा कमाण्डरहरुले आफुहरुलाई वेवास्ता गरेपनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने जनमुक्ति सेना र आन्दोलनका योद्धाहरुलाई सम्झिएको बताए ।

सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ३ : ३५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष