१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

म नेकपा एमालेको आधिकारीक उपाध्यक्ष हुँ, फागुन २८ को निर्णय मान्य छैन : बामदेव गौतम



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा बिघटन गरेर सर्वोत्तको आदेशबाट एमाले ब्युँतिएपछि नेपाल र ओली पक्ष दुबैमा नबसी एकता अभियान थालेका एमाले उपाध्यक्ष बामदेव गौतम अन्ततः नेपाल पक्षको कित्तामा उभिन आईपुगेका छन् । दुबै पक्षको थोरै थोरै दोष देखाएर एकता अभियानको वकालत गर्दै हिँडेका गौतमले नेपाल पक्षले सुरुदेखि नै उठाउँदै आएको फागुन २८ को निर्णय खारेजीका पक्षमा आफुलाई उभ्याएका छन् ।

गौतमको सचिवालको तर्फबाट आज सामाजिक सञ्जालमा पोष्ट गरिएको सामाग्रीमा पदाधिकारी खारेज गर्ने फागुन २८ को बैठकको निर्णय फिर्ता हुनुपर्छ भन्ने गौतमको माग जारी रहेको उल्लेख गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको महाधिवेशन आयोजक समितिको बैठकले गौतमलाई स्थायी समितिको सदस्यमा नियुत्त गरे लगत्तै सचिवालयको तर्फबाट गौतमका स्वकिय सचिव बिश्वमणी सुबेदीले सामाग्री पोष्ट गर्दै वामदेव गौतम नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित आधिकारिक उपाध्यक्ष नै भएको दाबी गरिएको छ । सुबेदीले पदाधिकारी खारेज गर्ने फागुन २८ को बैठकको निर्णय फिर्ता हुनुपर्छ भन्ने गौतमको माग जारी रहेको उल्लेख गर्दै पार्टी सञ्चालनसम्बन्धी केपीको पछिल्लो कार्यशैलीमा गौतमअ सहमत रहेको स्पष्ट पारिएको छ । उनले गौतमको अध्यक्ष ओली, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालसँग वर्षौंदेखिको व्यक्तिगत घनिष्ठता कायमै रहेको समेत उल्लेख गरेका छन् ।

गौतमले आफुलाई एकता अभियानको पक्षधर रहेको दाबी गरेपनि नेकपा रहेकै बेला गौतमले गरेको प्रधानमन्त्री र राष्ट्रियसभा सदस्यका लागि पटक पटक कुरा अड्काउने गरेको उनकै समकक्षीहरुले बताउँदै आएका छन् । गौतमले प्रधानमन्त्रीकालागि देखाएको लालसा र धुलमुले प्रबृत्तीका कारण पार्टी ठोस निर्णयमा पुग्न नसकेको नेपाल पक्षका नेताहरुले बताउने गरेका छन् ।

गौतमको सचिवालयको पोष्ट आएसँगै जनकपुरबाट आजै काठमाडौं फर्केका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष गौतम बीच भेटवार्ता भएको थियो । गौतम र प्रधानमन्त्री ओलीबीच बिहिबार भएको डिनर वार्ता बिचमै छाडेर गौतम हिँडेका थिए ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १० : ४७ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री