१ पुस २०८२, मंगलबार | December 16, 2025

सोमबार रातिदेखि बाँकेमा एक साता लकडाउन



नेपालगञ्ज । सोमबार राति १२ बजेदेखि लागु हुने गरी बाँके जिल्लाभरी एक साताका लागि लकडाउन हुने भएको छ ।

बाँकेका कोरोना संक्रमित ह्वात्तै बढ्दा स्थानीय प्रशासनले ८ गते रातिदेखि १५ गते रातिसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै लकडाउन गरेको थियो।

संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाभरि लकडाउन बढाएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ । आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने ब्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिनेछ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षा र हवाईसेवा सञ्चालन गर्न पाइनेछ ।

बाँकेका संक्रमणसँगै मृत्युदर बढेको छ । बाँकेमा रातिदेखि आइतबार अपराह्न ४ बजेसम्म सात जनाको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाका एक सय ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज