१ पुस २०८२, मंगलबार | December 16, 2025

जन्ती बोकेको जिप बैतडीमा दुर्घटना, एकको मृत्यु, दुलाहा-दुलही घाईते



बैतडी । बैतडीको पाटनमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुलाहा(दुलही घाईते भएका छन् ।

महेन्द्रनगरबाट दुलही लिएर बैतडीको ग्लाल्लेक आउँदै गरेको सुप्रप ००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ः५० बजे बैतडीको पाटन नगरपालिका-६, घट्टीखोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-९, ग्वाल्लेकका करिब ५५ वर्षीय देवदत्त जोशी रहेका छन् । मृतक दुलाहाका काका रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा जिप चालक तर्कराज जोशी गम्भीर घाईते भएका छन् । दुलाहा दुलही सामान्य घाईते भएको स्थानीय सञ्चारकर्मी वसन्त बिष्टले घटनास्थलबाट जानकरी दिए । दुर्घटना भएको स्थानमा अहिले स्थानीयवासी र प्रहरीले उद्धारको काम गरिरहेको बिष्टले बताए ।

आईतबार बैतडीको दशरथचन्द नगरपालिका-९, ग्वाल्लेकबाट दुलाहा लगेर उक्त जिप कञ्चनपुरको शुक्लाफाटा नगरगपालिकाको बन्सा गएको थियो ।

एकदिवसिय विवाह सकेर आईतबार राति नै बैतडी फर्किएको जिप सोमबार बिहान बैतडीको पाटनमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहको बताएको छ । साभार गोरखापत्र अनलाइन

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ३३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज