३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज, अविश्वासको प्रस्ताव टेबल हुने



काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । प्रतिपक्षी दलहरुको निवेदनमा प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेअनुसार विशेष अधिवेशन आज दिउँसो २ बजे बस्न लागेको हो ।

अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेभएको छ ।

हिजो आइतबार सबेको कार्यव्यवस्था परामर्श समिति बैठकको कार्यसूचीअनुसार बैठकको सुरुमै प्रतिपक्षी दलहरुद्वारा मुख्यमन्त्रीमा प्रस्तावित नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सम्बोधन गर्नेछन् ।

त्यसपछि सबैदलका नेताहरुले बोल्ने कार्यसूचि रहेको छ । आफु विरुद्धको अविश्वासको प्रस्ताव विरुद्ध मुख्यमन्त्री गुरुङले भोलि जवाफ दिनेछन् । त्यसपछि अविश्वास प्रस्तावलाई निर्णायार्थ पेश गरिनेछ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावको सामना गर्नुपर्ने भयले मुख्यमन्त्री गुरुङले प्रदेशसभको हिउँदे अधिवेशन एकाएक अन्त्य गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत आवश्यक पर्छ । अविश्वासको प्रस्तावमा सही नगरेपनि निर्णायक मत भएको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव पारित गर्न सघाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ११ बजे

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक

सुन तोलाको १७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको