१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

गण्डकी प्रदेशसभामा मुख्यन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेश



काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।

विशेष अधिवेशनको पहिलो बैठकको सुरुभै प्रतिपक्षी दलहरुको तर्फबाट नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव टेबल गरेका छन् ।

अविश्वासको प्रस्ताव टेबल गर्दै पोखरेलले प्रदेश सरकार केन्द्र सरकारको सिको गर्दै संविधान विपरित गतिविधिमा केन्द्रित भएको आरोप लगाए । सत्ताका सहयात्रीलाई अनवरत रुपमा गरिएको अपमान र असहयोग भएको समेत पोखरेलले उल्लेख गरेका छन् । उनले सरकार आर्थिक सुशासनको सवालमा कमजोर रहेको, कोरोना महामारी नियन्त्रणका सवालमा एकवर्षदेखि काम गर्न नसकेको जस्ता आरोप लगाए ।

अहिलेको सरकार रहिँरहँदा सरकारप्रति नै जनताको अविश्वास बढ्दै जाने र प्रदेशले ठूलो क्षति व्यहोनुपर्ने अवस्था आउने उनले उल्लखे गरेका छन् ।

अविश्वासको प्रस्तावमाथि अहिले सांसदहरुले बोल्न सुरु गरेका छन् ।

आफु विरुद्धको अविश्वासको प्रस्ताव विरुद्ध मुख्यमन्त्री गुरुङले भोलि जवाफ दिनेछन् । त्यसपछि अविश्वास प्रस्तावलाई निर्णायार्थ पेश गरिनेछ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावको सामना गर्नुपर्ने भयले मुख्यमन्त्री गुरुङले प्रदेशसभको हिउँदे अधिवेशन एकाएक अन्त्य गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत आवश्यक पर्छ । अविश्वासको प्रस्तावमा सही नगरेपनि निर्णायक मत भएको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव पारित गर्न सघाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : ४९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले