१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गण्डकी प्रदेशसभामा मुख्यन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव पेश



काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।

विशेष अधिवेशनको पहिलो बैठकको सुरुभै प्रतिपक्षी दलहरुको तर्फबाट नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव टेबल गरेका छन् ।

अविश्वासको प्रस्ताव टेबल गर्दै पोखरेलले प्रदेश सरकार केन्द्र सरकारको सिको गर्दै संविधान विपरित गतिविधिमा केन्द्रित भएको आरोप लगाए । सत्ताका सहयात्रीलाई अनवरत रुपमा गरिएको अपमान र असहयोग भएको समेत पोखरेलले उल्लेख गरेका छन् । उनले सरकार आर्थिक सुशासनको सवालमा कमजोर रहेको, कोरोना महामारी नियन्त्रणका सवालमा एकवर्षदेखि काम गर्न नसकेको जस्ता आरोप लगाए ।

अहिलेको सरकार रहिँरहँदा सरकारप्रति नै जनताको अविश्वास बढ्दै जाने र प्रदेशले ठूलो क्षति व्यहोनुपर्ने अवस्था आउने उनले उल्लखे गरेका छन् ।

अविश्वासको प्रस्तावमाथि अहिले सांसदहरुले बोल्न सुरु गरेका छन् ।

आफु विरुद्धको अविश्वासको प्रस्ताव विरुद्ध मुख्यमन्त्री गुरुङले भोलि जवाफ दिनेछन् । त्यसपछि अविश्वास प्रस्तावलाई निर्णायार्थ पेश गरिनेछ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावको सामना गर्नुपर्ने भयले मुख्यमन्त्री गुरुङले प्रदेशसभको हिउँदे अधिवेशन एकाएक अन्त्य गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत आवश्यक पर्छ । अविश्वासको प्रस्तावमा सही नगरेपनि निर्णायक मत भएको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्ताव पारित गर्न सघाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  २ : ४९ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो