१२ माघ २०८२, सोमबार | January 26, 2026

फ्लोर क्रस हुने आशंकामा कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुलाई होटलमा राखियो



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएका प्रतिपक्षी दलहरुले आफ्ना सांसदहरुलाई होटलमा राखेका छन् ।

अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा छलफल भैरहेकै समयमा फ्लोर क्रस हुने आशंकाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्ना सांसदहरुलाई होटलमा राखेका हुन् ।

सबै सांसदहरुलाई आज बिहानदेखि पोखराको लेकसाइडस्थित रिसोर्टमा राखेका छन् । कांग्रेस र माओवादी केन्द्रका सबै सांसदहरु कुटी रिसोर्टमा भेला भएका छन् भने जसपाका दुइ सांसद कुटी नजिकैको अर्को एक होटलमा बसेका छन् ।

कर्णाली प्रदेशमा आफ्नै सांसदहरुबाट फ्लोर क्रस भएपछि गण्डकी प्रदेशमा सत्तारुढ एमालेले पनि सोही रणनीति अख्तियार गर्दै सरकार जोगाउन विभिन्न पक्षबाट सांसदहरुसँग लविङ बढाएको छ । सांसदहरुबाट फ्लोर क्रस नहोस भन्नका लागि प्रतिपक्षी दलहरुले सांसदहरुलाई एकै ठाउँमा भेला पारेर राखेका हुन् ।
अविश्वासको प्रस्तावलाई पारित गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाबाहेक राष्ट्रिय जनमोर्चाका तीन सांसदको आवश्यकता पर्दछ । कुनै एक सांसदबाट फ्लोर क्रस भएमा पनि अविश्वासको प्रस्ताव पास हुन सक्दैन ।

६० सदस्यीय गण्डकी प्रदेशमा नेकपा एमालेका २८ सांसद रहेका छन् । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ सांसद रहेका छन् भने जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् । यस्तै निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका ३ सांसद र एक स्वतन्त्र सांसद रहेका छन् । स्वतन्त्र सांसद दिपक मनाङ्गेले जता बहुमत पुग्छ, उतै मतदान गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ०७ बजे

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल

अमेरिकामा भीषण आँधी : ११ हजार ४ सयभन्दा बढी उडान रद्द

न्यासभिल । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३