५ श्रावण २०८३, मंगलबार | July 22, 2026

फ्लोर क्रस हुने आशंकामा कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुलाई होटलमा राखियो



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएका प्रतिपक्षी दलहरुले आफ्ना सांसदहरुलाई होटलमा राखेका छन् ।

अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा छलफल भैरहेकै समयमा फ्लोर क्रस हुने आशंकाले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आफ्ना सांसदहरुलाई होटलमा राखेका हुन् ।

सबै सांसदहरुलाई आज बिहानदेखि पोखराको लेकसाइडस्थित रिसोर्टमा राखेका छन् । कांग्रेस र माओवादी केन्द्रका सबै सांसदहरु कुटी रिसोर्टमा भेला भएका छन् भने जसपाका दुइ सांसद कुटी नजिकैको अर्को एक होटलमा बसेका छन् ।

कर्णाली प्रदेशमा आफ्नै सांसदहरुबाट फ्लोर क्रस भएपछि गण्डकी प्रदेशमा सत्तारुढ एमालेले पनि सोही रणनीति अख्तियार गर्दै सरकार जोगाउन विभिन्न पक्षबाट सांसदहरुसँग लविङ बढाएको छ । सांसदहरुबाट फ्लोर क्रस नहोस भन्नका लागि प्रतिपक्षी दलहरुले सांसदहरुलाई एकै ठाउँमा भेला पारेर राखेका हुन् ।
अविश्वासको प्रस्तावलाई पारित गर्न कांग्रेस, माओवादी केन्द्र र जसपाबाहेक राष्ट्रिय जनमोर्चाका तीन सांसदको आवश्यकता पर्दछ । कुनै एक सांसदबाट फ्लोर क्रस भएमा पनि अविश्वासको प्रस्ताव पास हुन सक्दैन ।

६० सदस्यीय गण्डकी प्रदेशमा नेकपा एमालेका २८ सांसद रहेका छन् । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ सांसद रहेका छन् भने जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् । यस्तै निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका ३ सांसद र एक स्वतन्त्र सांसद रहेका छन् । स्वतन्त्र सांसद दिपक मनाङ्गेले जता बहुमत पुग्छ, उतै मतदान गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ०७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं