१२ माघ २०८२, सोमबार | January 26, 2026

गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना पुष्टि, तर अविश्वासको प्रस्तावमा मतदान गर्न पाउने



पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना पुष्टि भएको छ । प्रदेशसभाका ६० जना सदस्यहरुको बुधबार लिइएको पीसीआर परीक्षणमा तीन जनालाई कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा एमालेका राजीव पहारी र प्रभा कोइराला र कांग्रेसका मनकुमारी गुरुङ रहेका छन् ।

सत्तारुढ एमालेले बुधबार सांसदहरुको पीसीआर परीक्षण नभएसम्म सदन अघि बढाउन नदिने भन्दै उठेर अवरुद्ध गरेपछि सबै सांसदहरुको पीसीआर परीक्षण भएको थियो । यस्तै एक जना कर्मचारीलाई पनि कोरोना लागेको छ ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल भैरहेकोछ । हिजो अवरुद्ध भएको बैठक आज दिउँसो १ बजे पुनः बस्दैछ । आजै मुख्यमन्त्रीले जवाफ दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । कोरोना लागेका सांसदहरुले पनि मतदान गर्न पाउनेछन् । तर, उनीहरुले मतदानअघिको छलफलमा भने भाग लिन पाउनेछैनन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ११ : ४५ बजे

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको स्वास्थ्य संस्थालाई अनुरोध

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगजका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

उत्तेजनाको राजनीतिमा मैले विश्वास गर्दिन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेससँगको सम्बन्धलाई अझ

दल र उम्मेदवारका ‘एजेन्डा’माथि मतादाताको चासो

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल