१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना पुष्टि, तर अविश्वासको प्रस्तावमा मतदान गर्न पाउने



पोखरा । गण्डकी प्रदेशका तीन जना सांसदलाई कोरोना पुष्टि भएको छ । प्रदेशसभाका ६० जना सदस्यहरुको बुधबार लिइएको पीसीआर परीक्षणमा तीन जनालाई कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरुमा एमालेका राजीव पहारी र प्रभा कोइराला र कांग्रेसका मनकुमारी गुरुङ रहेका छन् ।

सत्तारुढ एमालेले बुधबार सांसदहरुको पीसीआर परीक्षण नभएसम्म सदन अघि बढाउन नदिने भन्दै उठेर अवरुद्ध गरेपछि सबै सांसदहरुको पीसीआर परीक्षण भएको थियो । यस्तै एक जना कर्मचारीलाई पनि कोरोना लागेको छ ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल भैरहेकोछ । हिजो अवरुद्ध भएको बैठक आज दिउँसो १ बजे पुनः बस्दैछ । आजै मुख्यमन्त्रीले जवाफ दिएपछि अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ । कोरोना लागेका सांसदहरुले पनि मतदान गर्न पाउनेछन् । तर, उनीहरुले मतदानअघिको छलफलमा भने भाग लिन पाउनेछैनन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ११ : ४५ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित