१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आफ्ना सांसदलाई सरकारले बन्दी बनाएकोमा राजमोको गम्भीर आपत्ति, कारण प्रष्ट्याउन माग



काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई सरकाले बन्दी बनाएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ ।

राजमोले सांसद शाहीको स्थिति तत्काल सार्वजनिक गर्न माग गरेको छ। राजमोका केन्द्रीय उपाध्यक्ष एवं संघीय सांसद दुर्गा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै शाहीलाई किन बन्दी बनाएको भन्दै त्यसको कारण प्रष्ट पार्न सरकारसँग माग गरेकी छिन् ।

पौडेलले पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसदलाई समेत भेट्न नदिइएको भन्दै आपत्ति जनाएकी छिन् । पौडेलले शाहीको कोरोना परीक्षण रिर्पो नेगेटिभ आएपनि उनलाई कसरी पोजेटिभ देखिएर अस्पताल भर्ना हुनपर्यो भन्नेबारेमा पार्टीले केही भन्न नसक्ने अवस्थामा रहेको जनाएकी छिन् ।

पौडेलले गण्डकी प्रदेशको संसदको गतिविधिलाई अस्वभाविक रुपमा लिएको बताउँदै संसदको कामलाई सामान्य र स्वभाविक प्रकारले संचालन गर्न आग्रह गरेकी छिन् । पौडेलले अविश्वासको प्रस्तावमा आफ्नो पक्षले मतदान गर्ने प्रष्ट भएको पुनः प्रष्ट पारेकी छिन् ।

गण्डकी प्रदेशसभा बैठक संचालन भैरहेको अवस्थामा सांसद शाही अचानक वेपत्ता भएपछि राजमो प्रदेशसभा सचेतक पियारी थापाले सांसदको खोजविन नभएसम्म संसद स्थगित गर्न आग्रह गरेकी थिइन । त्यसपछि सांसद शाहीको अवस्था प्रष्ट नभएसम्म संसद संचालन गर्नु अनुपयुक्त हुनेभन्दै सभामुखले संसद बैठक स्थगित गरेका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने दिनमा सांसद शाही रहस्यमय ढंगले वेपत्ता भएका थिए । पछि उनी चरक अस्पतालको कोरोना आईसीयू वार्डमा भर्ना भएको खुलेको थियो । उनलाई भेट गर्न कसैलाई दिइएकौ छैन । बाहिर प्रहरीले पहरा दिइरहेको छ भने अस्पताल प्रशासनले पार्टीका नेताहरुलाई भेट गर्न दिएको छैन ।

विपक्षी दलहरुले भने सत्तारुढ एमालेले आफ्नो सत्ता गुम्ने भएपछि शाहीलाई अपहरण र बन्दी बनाएको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १० : १६ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल