३१ भदौ २०८३, बुधबार | September 16, 2026

आफ्ना सांसदलाई सरकारले बन्दी बनाएकोमा राजमोको गम्भीर आपत्ति, कारण प्रष्ट्याउन माग



काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीलाई सरकाले बन्दी बनाएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ ।

राजमोले सांसद शाहीको स्थिति तत्काल सार्वजनिक गर्न माग गरेको छ। राजमोका केन्द्रीय उपाध्यक्ष एवं संघीय सांसद दुर्गा पौडेलले आज एक विज्ञप्ति जारी गर्दै शाहीलाई किन बन्दी बनाएको भन्दै त्यसको कारण प्रष्ट पार्न सरकारसँग माग गरेकी छिन् ।

पौडेलले पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसदलाई समेत भेट्न नदिइएको भन्दै आपत्ति जनाएकी छिन् । पौडेलले शाहीको कोरोना परीक्षण रिर्पो नेगेटिभ आएपनि उनलाई कसरी पोजेटिभ देखिएर अस्पताल भर्ना हुनपर्यो भन्नेबारेमा पार्टीले केही भन्न नसक्ने अवस्थामा रहेको जनाएकी छिन् ।

पौडेलले गण्डकी प्रदेशको संसदको गतिविधिलाई अस्वभाविक रुपमा लिएको बताउँदै संसदको कामलाई सामान्य र स्वभाविक प्रकारले संचालन गर्न आग्रह गरेकी छिन् । पौडेलले अविश्वासको प्रस्तावमा आफ्नो पक्षले मतदान गर्ने प्रष्ट भएको पुनः प्रष्ट पारेकी छिन् ।

गण्डकी प्रदेशसभा बैठक संचालन भैरहेको अवस्थामा सांसद शाही अचानक वेपत्ता भएपछि राजमो प्रदेशसभा सचेतक पियारी थापाले सांसदको खोजविन नभएसम्म संसद स्थगित गर्न आग्रह गरेकी थिइन । त्यसपछि सांसद शाहीको अवस्था प्रष्ट नभएसम्म संसद संचालन गर्नु अनुपयुक्त हुनेभन्दै सभामुखले संसद बैठक स्थगित गरेका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान हुने दिनमा सांसद शाही रहस्यमय ढंगले वेपत्ता भएका थिए । पछि उनी चरक अस्पतालको कोरोना आईसीयू वार्डमा भर्ना भएको खुलेको थियो । उनलाई भेट गर्न कसैलाई दिइएकौ छैन । बाहिर प्रहरीले पहरा दिइरहेको छ भने अस्पताल प्रशासनले पार्टीका नेताहरुलाई भेट गर्न दिएको छैन ।

विपक्षी दलहरुले भने सत्तारुढ एमालेले आफ्नो सत्ता गुम्ने भएपछि शाहीलाई अपहरण र बन्दी बनाएको आरोप लगाएका छन् ।

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १० : १६ बजे

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’ र ‘सर्टिफिकेट कोर्स’का लागि आवेदन आह्वान

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत

सर्वदलीय बैठक सुरु, को को छन् सहभागी ?

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक

सुन तोलाको १७ सय र चाँदी ८५ रुपैयाँले बढ्यो मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, महत्वपूर्ण कागजात जलेर नष्ट

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा बुधबार बिहान आगलागी भएको