१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

जसपाबाट प्रदेशमन्त्री बनेका लुम्बिनीका चार सांसद पदमुक्त



बुटवल । लुम्बिनी प्रदेशमा निर्वाचित जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएका छन् ।

पार्टीको निर्देशन विपरित मन्त्री बनेको जसपाका चार सांसद पदमुक्त भएपछि प्रदेश समीकरणमा पुनः रोचक मोडमा पुगेको छ ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्ताव दर्तासँगै प्रदेशसभाको विशेष अधिवेशन आह्वानसमेत भएको छ । यही वैशाख १९ गते विशेष अधिवेशन बस्दैछ ।

लुम्बिनी प्रदेशसभा सचिवालयले बिहीबार जसपाबाट मन्त्री बनेका चार जनालाई पदमुक्त गरेको सूचना प्रकाशित गरेको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रदेशसभाले प्रकाशित गरेको हो ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।

यही वैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेका जसपाका सांसदहरु दुईघण्टा भित्रै मन्त्री पद पाएपछि तत्कालै सरकारमा सहभागी भएर मन्त्री बनेका थिए । त्यसपछि जसपा संसदीयल दलका नेताले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन चेतावनी दिएका थिए । सरकारमा सहभागि भएको विषयमा जसपाभित्र विवाद बढेको थियो । जसपाभित्र कार्यकारिणी समिति बैठकमार्फत उनीहरुमाथि कारवाही गर्न अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले माग गर्दैआएका थिए । तर ठाकुर पक्षले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको तर प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख गरिएको छ ।

 

 

 

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ६ : ५८ बजे

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौं । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित