१४ चैत्र २०८२, शनिबार | March 28, 2026

आगलागी प्रभावित ३७ परिवार बिचल्लीमा



रोल्पा । यही वैशाख १३ देखि १६ गतेसम्म भएको भीषण आगलागीबाट घरसम्पत्ति गुमाएका त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका ३७ घरपरिवार बिचल्लीमा परेका छन । आगलागीबाट घर गुमाई खुला आकाशमा बस्न बाध्य उनीहरुलाई केही दिनयता परेको अविरल वर्षाका कारण पीडा थपिएको छ ।

घरसँगै लत्ताकपडा, अन्नपात र नगद सबै जलेर नष्ट भएपछि सडकमा बस्न वाध्य उनीहरुलाई सामान्य राहत उपलब्ध भए पनि ओत लाग्ने घरको अभावले दिनचर्या जटिल बन्दै गएको छ ।नेपाल रेडक्रस सोेसाइटी रोल्पा, प्रतिनिधिसभा सदस्य वर्षमान पुन तथा प्रदेशसभा सदस्य दीपेन्द्र पुन र सम्बन्धित वडाका वडा कार्यालयले प्रतिपरिवार एकएक बोरा चामल उपलब्ध गराए पनि बास गुमाएका उनीहरुको दिनचर्या निकै कष्टकर देखिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

नेकपा (एमाले(को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल रोल्पाले आगलागी पीडित परिवारका १७० व्यक्तिका लागि रु दुई लाख बराबरको लत्ताकपडा वितरण गरेको छ । एमाले लुम्बिनी प्रदेश समितिका सचिवालय सदस्य ईश्वरी घर्तीका अनुसार आगलागी पीडितका मागका आधारमा युवा सङ्घले उक्त राहत हस्तान्तरण गरेको हो ।

विभिन्न व्यक्ति तथा संस्थाले दिएको राहतले बिहानसाँझको छाक टार्न सहज भए पनि ओत लाग्ने छानो नहुँदा उनीहरुको दैनिकी कष्टकर भएको नेतृ घर्तीले बताउनुभयो । वर्षात्को समय नजिकिँदै गएकाले उनीहरुलाई सुरक्षित बासका लागि पहल भइरहेको उनको भनाइ छ ।

बस्ती नजीकैबाट सल्किएको आगलागीबाट त्रिवेणी २, ३ र ६ का चेत्रे, धानवाङ, कापडाँडा, पिराले, बुर्तिवाङ तथा रुन्टीगढी ९ गुनामका ३७ घर र ११ गोठ जलेर नष्ट भएका थिए । आगलागीबाट गोठमा बाँधिएका पशु समेत जलेर नष्ट भएका थिए । लामो समयको खडेरीसँगै लागेको आगो नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीले प्रयास गरेका थिए । चार दिनसम्म लागेको आगो वर्षात् शुरु भएपछि भने नियन्त्रणमा आएको थियो ।
आगलागीबाट रोल्पामा हरेक वर्ष ठूलो मात्रामा धनजनको क्षति हुन्छ । भिरालो जमीन र सल्लाको वन भएका कारण जिल्लाका वन क्षेत्र आगलागीको उच्च जोखिममा छन् । रोल्पामा ४५ प्रतिशत सल्लाको र २२ प्रतिशत मिश्रित वन रहेको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्राकृतिक र मानवीय कारणबाट आगलागी हुने गरे पनि यहाँ हुने शतप्रतिशत आगलागी मानवीय कारण हुने गरेको डिभिजन वन अधिकृत दधिलाल कँडेलले बताउनुभयो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : ५६ बजे

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको