१ पुस २०८२, मंगलबार | December 16, 2025

बैतडी जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या छ पुग्यो



बैतडी । बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए ।

भण्डारीको मङ्गलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि पञ्चेश्वर–६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने जिपचालक तेजबहादुर बोहराको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

पञ्चेश्वर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव बोकेर जिल्ला अस्पताल आउँदै गरेको से१ज १८३ नंको जिप मङ्गलबार दिउँसो पौने ३ बजे पञ्चेश्वर–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटना भएको हो । सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा सदस्य भण्डारीको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा मृतक वडा सदस्यको शवसहित ११ जना रहेका थिए ।

दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । तीस वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलीपसिंह भण्डारीलाई उपचारका लागि धनगढीस्थित नवजीवन अस्पतालमा सिफारिस गरिएको छ । घाइते मोहनसिंह भण्डारीको भने जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

साँघुरो घुम्तीमा मोड्न नसकेपछि ब्याक गर्दा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । वडा सदस्यको मृत्युले शोकमा डुबेको रोडिदेवल गाउँ थप छ जनाको दुर्घटनामा परी मृत्यु भएसँगै थप शोकमा डुबेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : २० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष