१ पुस २०८२, मंगलबार | December 16, 2025

डोटीमा कोरोना सङ्क्रमितको मृत्यु



डोटी । डोटीमा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जिल्लाको आदर्श गाउँपालिका–२ कालिकास्थानका ६२ वर्षीय एक पुरुषको कोरोनाका कारण आज बिहान मृत्यु भएको हो ।

मृतकको कोरोना परीक्षण गर्दा गएको चैत २० गते पिसिआर पोजेटिभ देखिएको थियो । कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी पहिलो हुन् ।

मृतक दम र प्रेसरको बिरामी रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मृतकको शव नेपाली सेनाले आजै अन्त्यष्टि गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ११ : २० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष