१३ माघ २०८२, मंगलबार | January 27, 2026

एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद अमरबहादुर डाँगीद्वारा पदबाट राजीनामा



बुटवल । लुम्बिनी प्रदेशसभामा रहेका नेकपा एमालेका अर्का एक सांसदले राजीनामा दिएका छन् ।

दाङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद अमरबहादुर डाँगी क्षेत्रीले बुधबार सभामुखलाई राजीनामा पत्र बुझाएका छन् । डाँगीले राजनीनामा पत्र बुझाएको प्रदेसभा सचिव दुर्लभकुमार पुनले बताएका छन् । डाँगीको राजीनामालाई संविधानको धारा १८० (क) बमोजिम सभामुखले स्वीकृतिको प्रक्रियामा लगेका छन् ।

डाँगीले एमालेबाट राजीनामा दिएसँगै नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने योजना बनाउका छन् । यसअघि एमालेबाटै निर्वाचित कपिलवस्तुका दृघनारायण पाण्डेले राजीनामा दिइसकेका छन् । उनलाई विपक्षी दलहरुले राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने निर्णय गरेका छन् ।

यस्तै, दाङ क्षेत्र नम्बर ३ (ख) बाट तत्कालिन नेकपा पार्टीबाट निर्वाचित विमला खत्री वली माओवादी केन्द्रमा प्रवेश गरिसकेकी छिन् । डाँगीले राजीनामा दिएसँगै एमालेको प्रदेसभा सदस्य संख्या ३८ मा झरेको छ ।

सरकार टिकाउनकै लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जम्बो मन्त्रिपण्डल बनाईरहेका बेला पोखरेलकै गृह जिल्लाका एमाले सांसदहरुले भने पोखरेलको साथ छाड्दै गएका छन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : ३० बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी