१४ चैत्र २०८२, शनिबार | March 29, 2026

तिलोत्तमा नगरका मेयर र उपमेयरको गाडी आजबाट कोरोना संक्रमित बोक्ने एम्बुलेन्स



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका मेयर र उपमेयर चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ ।

नगरपालिका भित्र दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदैं जांदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको हो ।

नगर प्रमुख बासुदेव घिमिरेले चढ्ने लु १ झ ३६० र उपप्रमुख जागेश्वरदेवी चौधरीले चढ्ने लु १ झ ३२६ नम्बरको स्कारपियोलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

बिरामी एम्बुलेन्स नपाएर छ्टपटिँदा आफुहरुले सुबिधा लिनुभन्दा एम्बुलेन्सको रूपमा प्रयोग गर्न उपयुक्त लागेर यस्तो निर्णय गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताए । ‘चालक पुरानै हुनेछन् । २४ सै घण्टा संक्रमित बिरामीले फोन गरे तुरुन्तै घरमा पुग्नेछन् ।’ उनले भने ।

दुबै गाडीमा अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने उनले बताए ।

नगरपालिकाले नगरको वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ।

तिलोत्तमा नगरपालिकामा नगरकै २ वटा एम्बुलेन्स पनि संचालनमा छन् । पछिल्लो दुई हप्ता तिलोत्तमामा लगातार बुटवलपछि सबैभन्दा बढी संक्रमित थपिँदै गएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : २२ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको