४ पुस २०८२, शुक्रबार | December 19, 2025

तिलोत्तमा नगरका मेयर र उपमेयरको गाडी आजबाट कोरोना संक्रमित बोक्ने एम्बुलेन्स



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका मेयर र उपमेयर चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ ।

नगरपालिका भित्र दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदैं जांदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको हो ।

नगर प्रमुख बासुदेव घिमिरेले चढ्ने लु १ झ ३६० र उपप्रमुख जागेश्वरदेवी चौधरीले चढ्ने लु १ झ ३२६ नम्बरको स्कारपियोलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

बिरामी एम्बुलेन्स नपाएर छ्टपटिँदा आफुहरुले सुबिधा लिनुभन्दा एम्बुलेन्सको रूपमा प्रयोग गर्न उपयुक्त लागेर यस्तो निर्णय गरिएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताए । ‘चालक पुरानै हुनेछन् । २४ सै घण्टा संक्रमित बिरामीले फोन गरे तुरुन्तै घरमा पुग्नेछन् ।’ उनले भने ।

दुबै गाडीमा अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको र आजदेखि नै एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने उनले बताए ।

नगरपालिकाले नगरको वडा नम्बर १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजन सहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा ल्याइसकेको छ।

तिलोत्तमा नगरपालिकामा नगरकै २ वटा एम्बुलेन्स पनि संचालनमा छन् । पछिल्लो दुई हप्ता तिलोत्तमामा लगातार बुटवलपछि सबैभन्दा बढी संक्रमित थपिँदै गएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १० : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको