१४ चैत्र २०८२, शनिबार | March 29, 2026

कोरोना संक्रमितले बेड पाएनन् ? स्वास्थ्य मन्त्रालयले दियो बेड उपलब्ध गराउने सम्पर्क नम्बर



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा सम्पर्क गर्न भन्दै केही टेलिफोन नम्बर सार्वजनिक गरेको छ।

मन्त्रालयले टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बरहरु ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको हो। मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरका अस्पतालहरुमा शय्याको अभाव देखिन थालेको छ।

बुधबार एकै दि न आठ हजार ६५९ जनामा संक्रमण देखिएको छ भने ५८ जनाको मृत्यु भएको छ। ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयको दाबी छ। रासस

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  १२ : १३ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको