४ पुस २०८२, शुक्रबार | December 19, 2025

गृहमन्त्री थापाको विश्वास : ५१३० मतका साथ जित सुनिश्चित छ



हेटौंडा । राष्ट्रियसभा उपचुनावका लागि मनोनयन दर्ता गराएका गृहमन्त्री रामबहादुर थापाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

हेटौंडास्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्रापछि गृहमन्त्री थापालो बागमती प्रदेशमा आफ्नो पार्टीको ५ हजार १३० मत आफुलाई आउने दावी गरे । थापाले भने, ‘हाम्रो पार्टीको ५ हजार १३० मत छ, त्यसकारण यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो विजय सुनिश्चित छ ।’

थापाले बिहीबार मात्रै स्थायी कमिटी बैठकमा उम्मेदवार बन्न हिच्किचाएका थिए । एमालेकै माधवकुमार नेपाल पक्षले माओवादी र कांग्रेसँग मिलेर उम्मेदवार उठाएपछि थापाले उम्मेदवार नबन्ने बताएका थिए । तर, शुक्रबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले जसरी पनि जित्ने विश्वास दिलाएपछि थापा उम्मेदवार बन्न राजी भएका हुन् । थापालाई नेपाल पक्षमा रहेका कम्तिमा २० जना प्रदेशसभा सांसदहरुको मत परेन भने चुनाव जित्न मुस्किल पर्छ ।

राष्ट्रियसभा निर्वाचनमा २०७४ मा माओवादी केन्द्रबाट विजयी बनेका थापा एमालेमा प्रवेश गरेपछि दल राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको पद खारेज भएको थियो । सोही पदमा जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  २ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको