४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक



काठमाडौं । विश्वासको मत प्राप्त हुने या नहुने धरमरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा रहेका रिक्त पदमा पदपूर्ति गर्न संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबारका लागि बैठक बोलाएका छन् ।

ओलीले गत मंसिर ३० गते पहिलोपटक संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेर अल्पमत सदस्यहरुको उपस्थितिमा पनि निर्णयहरु गर्ने प्रावधान राखेका थिए । सोही अध्यादेशको आधारमा पुष ५ गते ओलीले कैयौं संवैधानिक निकायहरुमा आफ्ना मान्छेहरु भर्ना गरेका थिए । अझै पनि लोकसेवा आयोगमा अध्यक्ष लगायतका सबै पदाधिकारी र अन्य कतिपय आयोगमा सदस्य रिक्त रहेका छन् । ओलीले तिनै रिक्त पदपूर्ति गर्न परिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी दोस्रो पटक अध्यादेश ल्याएका छन् । पहिलो पटकको अध्यादेश ६० दिनभित्र संसदमा प्रवेश नै नपाई खारेज भएका कारण केही दिन अघि सोही अध्यादेशलाई राष्ट्रपतिमार्फत पुनः जारी गराएका छन् । अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्छ ।

ओलीले बोलाएको परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित हुने सम्भावना कम छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, प्रधानन्यायाधीस, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन् । उपसभामुख पद लामो समयदेखि रिक्त छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीस र राष्ट्रिय सभा अध्यक्ष मात्र उपस्थित हुने देखिन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ४ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको