१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक



काठमाडौं । विश्वासको मत प्राप्त हुने या नहुने धरमरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुमा रहेका रिक्त पदमा पदपूर्ति गर्न संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबारका लागि बैठक बोलाएका छन् ।

ओलीले गत मंसिर ३० गते पहिलोपटक संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेर अल्पमत सदस्यहरुको उपस्थितिमा पनि निर्णयहरु गर्ने प्रावधान राखेका थिए । सोही अध्यादेशको आधारमा पुष ५ गते ओलीले कैयौं संवैधानिक निकायहरुमा आफ्ना मान्छेहरु भर्ना गरेका थिए । अझै पनि लोकसेवा आयोगमा अध्यक्ष लगायतका सबै पदाधिकारी र अन्य कतिपय आयोगमा सदस्य रिक्त रहेका छन् । ओलीले तिनै रिक्त पदपूर्ति गर्न परिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी दोस्रो पटक अध्यादेश ल्याएका छन् । पहिलो पटकको अध्यादेश ६० दिनभित्र संसदमा प्रवेश नै नपाई खारेज भएका कारण केही दिन अघि सोही अध्यादेशलाई राष्ट्रपतिमार्फत पुनः जारी गराएका छन् । अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्छ ।

ओलीले बोलाएको परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित हुने सम्भावना कम छ । प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा सभामुख, प्रधानन्यायाधीस, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन् । उपसभामुख पद लामो समयदेखि रिक्त छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीस र राष्ट्रिय सभा अध्यक्ष मात्र उपस्थित हुने देखिन्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ४ : ३९ बजे

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढ्यो, १५ दिनमा २१ करोड घाटामा निगम

काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाएको

घुस लिँदालिँदै पक्राउ परे प्रहरी नायब निरीक्षक

काठमाडौँ । प्रहरी वृत्त मालीगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य, चिकित्सकको निगरानीमा अस्पतालमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज