१४ चैत्र २०८२, शनिबार | March 29, 2026

नेपालपक्षका दोस्रो पुस्ताका नेताहरुलाई बालुवाटारमा पालो गरिगरि निम्ता, ओली पक्ष र नेपाल पक्षका नेताहरुको छलफल जारी



काठमाडौं । नेपालपक्षले साथ नदिए बिश्वासको मतमा पराजित हुने निश्चित भएपछि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरुलाई एकपछि अर्को एकताको कार्ड फाल्न थालेका छन् । अध्यक्ष ओलीले आफ्ना विश्वासपात्रहरुलाई लगाएर नेपालपक्षका दोस्रो पुस्ताका नेताहरुसँग छलफल सुरु गराएका छन् । प्रधानमन्त्री ओलीकै इसारामा ओलीका विश्वासपात्र सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र विष्णु रिमालको निमन्त्रणमा छलफलका लागि नेपाल पक्षका नेताहरु बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीकै प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच एकताको सहमतिका बिन्दु पहिल्याउने बिषयमा छलफल भएको बताईएको छ ।

माधव नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई अपरान्ह बालुवाटार छिरेका थिए । अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छलफलमा सहभागी रहेको एमाले उच्च स्रोतले जनाएको छ ।

नेपाल पक्षका नेताहरुलाई गरिएको कारवाही फिर्ता गर्ने, सांसदहरुलाई सोधिएको स्पष्टीकरणलाई निश्क्रिय पार्न ओली पक्ष राजी भएपनि नेपाल पक्षले प्रमुखरुपमा उठाउँदै आएको पार्टीको संगठनलाई २०७५ जेठ २ गतेको अवस्थामा लैजाने बिषयमा ओली पक्ष सहमत हुन नसकेको उक्त स्रोतले भन्यो । नेपाल पक्षका नेताहरुले २०७५ जेठ २ गतेको अवस्थामा जानु पर्ने, पार्टीलाई बिधि, पद्धती र बिधान अनुसार चलाउनु पर्ने, चैत्र २३ यता गरिएका सबै निर्णय खारेज हुनु पर्ने बिषयमा अडान लिईरहेको तर ओली पक्षले यथास्थितीमै मिलेर जान आग्रह गरेको ती स्रोतले बतायो ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ९ : ४७ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको