१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बाँकेको कोहलपुरमा लिक्विड अक्सिजनको ट्याङ्कर पुग्यो, अक्सिजनको समस्या कम हुने अपेक्षा



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ७ घण्टा पहिले बाँकेको कोहलपुरमा लिक्पिड अक्सिजन पुगिसकेको स्टाटस पोष्ट गरेपनि कोहलपुरमा दिउँसो ३ बजे लिक्पिड अक्सिजन बोकेको ट्याङ्कर पुगेको छ । ३ बजे पुगेको अक्सिजनको ट्याङकर नेपालगन्ज मेडिकल कलेजको ग्याँस च्याम्बरमा झारिँदै गरेको नेपालगन्ज् मेडिकल कलेजले जनाएको छ ।

मेडिकल कलेजमा अक्सिजनको स्टक समिएपछि कलेजले सुचना निकालेर कोरोना संक्रमणको नयाँ संक्रमितको भर्ना रोकेको थियो । कलेजका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडियाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै हाल कलेजले १३५ बेड सञ्चालन गरिरहेको र अक्सिजनको चरम अभाव भएको हुँदा अब थप बिरामी भर्ना गर्न सक्ने अवस्था नरहेको उल्लेख गरेका थिए ।

यसअघि भारतबाट आउने गरेको अक्सिजन ट्यांक र अक्सिजन सिलिण्डर आउन नसकेको हुँदा थप बिरामीको भर्ना तथा उपचार गर्न असमर्थ रहेको भन्दै कलेज प्रशासनले सुचना प्रकाशन गरेर संत्र,मितको भर्ना लिन बन्द समेत गरेको थियो ।

कोभिडका बिरामी थपिँदै गएपछि वैशाख ३ गतेदेखि आइसियू बेडसहितको ४५ बेड सुरू गरेको र बिरामी थपिने क्रम बढ्दै गएपछि १०० बेड हुँदै बढाएर ३०० बेड सञ्चालन गर्ने मेडिकल कलेजले घोषणा गरेको थियो । मेडिकल कलेजमा हाल १३५ बेडमात्रै सञ्चालनमा रहेका छन् ।

मेडिकल कलेजमा लिक्विड अक्सिजन झरेसँगै बन्द गरिएको भर्नालाई खोल्ने तयारी भएको मेडिकल कलेजले जनाएको छ । भर्ना खाेल्दा पहिले देखि नै कलेजको नेपालगन्ज र कोहलपुरका ईमर्जेन्सीमा रहेका संक्रमितहरुलाई प्राथमिकता दिईने मेडिकल कलेजका उप निर्देशक डा. नितेश कनोडियाले बताए । उनले एक ट्याङ्कर भनेकाे बढीमा १५०० सिलिण्डर भएको बताउँदै हरेक दिन ३०० बढी सिलिण्डर खपत भएको अवस्थामा बढीमा १ साता चल्ने बताए । सिलिण्डर र लिक्विड पाईप लाईन दुबै प्रबिधि अपनाएर पनि उपचारको दायरा बढाउने तयारी गरिएको उनले बताए ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ३ : ४१ बजे

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित (छुसाङ-तेताङ) गाउँबीच प्राकृतिक

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी