४ पुस २०८२, शुक्रबार | December 20, 2025

संसद बैठक सुरु हुनुअघि प्रचण्ड देउवा भेट, सरकार गठनमा दाबी गर्ने समझदारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने उद्देश्यले प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु हुन लागेको छ ।

बैठक सुरु हुनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ ।

दुवै पार्टीले प्रधामन्त्री ओलीले विश्वासको मत नपाउने अवस्थामा संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनमा दाबी गर्ने समझदारी गरेका छन् ।

बैठकमा सहभागि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपतिले धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार निर्माण आह्वान गर्ने बताए । त्यसमा आफुहरुले दाबी गर्ने समझदारी भएको खाँडले जानकारी दिए । त्यसपछिको गतिविधिबारे पार्टीले अन्य दलसँग छलफल गर्दै निर्णयमा पुग्ने खाँडेले बताए ।

तर, एमालेको नेपाल पक्षका सांसदहरुले राजीनामा नदिएको अवस्था र जनता समाजवादी पार्टी जसपाले नयाँ सरकार गठनका लागि कुनै निर्णय गर्न नसकेका कारण धारा ७६ (२) अनुसार सरकार गठन कसरी हुन सक्ला भन्ने प्रश्न उठेको छ ।

तर, बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनले संविधानको धारा ७६ (२) अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने गरी तयारी गरिएको बताए ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको