२० मंसिर २०८२, शनिबार | December 7, 2025

रेल चालकका लागि विज्ञानमा प्लस टु उत्तीर्ण



काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी रेल्वेसम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशका दफा १८ मा रेलचालक वा सहचालकको योग्यताबारे व्यवस्था गरिएको छ ।

सो नियमअनुसार चालक अनुमतिपत्र पाउन मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई कम्तीमा माध्यमिक तह उत्तीर्ण वा मेकानिकल वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

दफा १८ को ‘ख’ मा मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालकको तालिम चलाउन योग्य प्रमाणपत्र प्राप्त हुनुपर्ने व्यवस्था गरिएको उल्लेख छ । अध्यादेशअनुसार २५ वर्ष उमेर पूरा भई ५० वर्ष ननाघकेको र रेल चालकको हकमा कम्तीमा तीन वर्ष रेल सहचालकका रूपमा काम गरेको हुनुपर्नेछ ।

शारीरिक वा मानसिक अस्वस्थताका कारण रेल चलाउन योग्य नभएको, दृश्य शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, हात वा खुट्टा शक्तिहीन भई काम दिन नसक्नेलगायतलाई भने मान्यता नदिइने व्यवस्था छ ।

कसैले विदेशी राष्ट्रबाट रेलचालक वा सहचालक अनुमतिपत्र प्राप्त गरेको भए त्यस्ता व्यक्तिले निवदेन दिएमा रेल्वे प्रशासकले रेलचालक वा सहचालक अनुमतिपत्रका लागि लाग्ने दस्तुर लिई अध्यादेशबमोजिम अनुमतिपत्र दिनसक्ने व्यवस्था गरिएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ३३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल