९ चैत्र २०८२, सोमबार | March 23, 2026

पर्वतमा आजदेखि १० दिन निषेधाज्ञा



पर्वत । कोरोना भाइरस संक्रमण समुदाय स्तरमा नै फैलिएपछि पर्वतमा आजदेखि जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । मंगलबार राति १२ बजेदेखि जेठ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

यसअघि जिल्ला सदरमुकाम रहेको कुस्मा नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ मा मात्र लागु गरिएको थियो । जिल्लाका ग्रामीण क्षेत्रमा समेत संक्रमितहरू भेटिँदै गएको र सवारी साधनहरू विभिन्न बहानामा ग्रामीण क्षेत्रबाट सदरमुकाम आउजाउ गर्दा जोखिम उच्च बन्दै गएकले जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीद्वारा जारी सूचनामा उल्लेख छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिँड्डुल गर्न रोक लगाइएको उल्लेख छ । यस्तै, मठमन्दिर तथा धार्मिक स्थल बन्द रहनेछन । विवाह र मृत्यु संस्कारमा १० जना मात्रै सहभागी हुन पाइने जनाइएको छ । अत्यावश्यक सेवाबाहेकका पसल बन्द गर्ने, सरकारी कार्यालयमा न्यूनतम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने, सार्वजनिक तथा निजी सवारी साधन चलाउने रोक लगाउने, विकास निर्माणका काम नरोक्ने तर कार्यस्थलमै मजदुरलाई खाने, बस्ने व्यवस्था गर्ने, लघुवित्त, सहकारी तथा बिमा कम्पनी बन्द गर्ने लगायत निर्णय भएका छन ।

औषधि तथा स्वास्थ्यका सामग्री पसल २४सै घण्टा खुला राख्न दिने, एम्बुलेन्स, शव वाहन, दमकल, खाद्य सामग्री, निर्माण सामग्री, दुध, पानी, पेट्रोल आदि बोकेका सवारीसाधनसहित सञ्चारकर्मी, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सञ्चालनमा रोक नलगाउने प्रशासनले बताएको छ ।

विवाहका लागि चलेका सवारीमा दुलाहा-दुलहीसहित बढीमा पाँचजना भन्दा बढी सवार भएमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिने प्रशासनले बताएको छ । खाद्यान्न पसल बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ४४ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा