५ पुस २०८२, शनिबार | December 20, 2025

ओलीले माग सम्बोधन गरिरहेका बेला गठबन्धनको पक्षमा उभिनु गलत : महन्थ ठाकुर



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने भन्नेमा विभाजित देखिएको जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा पनि विभाजित देखिएको छ ।

एमाले अध्यक्षसमेत रहेका ओली सदनमा विश्वासको मत लिन असफल भएसँगै नयाँ सरकार गठनको प्रकिया अघि बढाउन कांग्रेस, माओवादी र जसपाका अध्यक्ष उप्रेन्द्र यादवले गठबन्धन सरकार बनाउन राष्ट्रपतिलाई आह्वान गर्दै सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गरे ।

त्यसको केही घण्टा नवित्दै सोमबार मध्यराति जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले यादवलाई चुनौती दिँदै नयाँ सरकार गठनमा सहभागी नहुने विज्ञप्ति जारी गरेका छन ।

अध्यक्ष ठाकुरले ओलीले मधेश आन्दोलनले उठाएका मुद्दा सम्बोधन गरिरहेकाले गठबन्धनको पक्षमा उभिनु गलत भएको बताएका छन् ।

सरकारले मधेशी आदिवासी जनजाती, थारु महिला, दलित, मुस्लिमलगायत सिमान्तकृतहरूको महत्त्वपूर्ण सवालहरू मुद्दा फिर्ता बन्दि रिहाई नागरिकता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका विषय सम्बोधन गरेकाले गठबन्धन सरकारको वकालत गर्नु त्रुटिपूर्ण हुने ठहर गरेको हो ।

“जनता समाजवादी पाटी नेपाल र केपी शर्मा ओली नेतृत्वको नेपाल सरकार बीचको वार्ता तथा तदनुसारको कार्य प्रगति सकारात्मक रूपले अगाडि बढिरहेको तथ्य सर्वविदितै छ ।

वर्तमान राजनीतिक परिस्तिथिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भै सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरित हो,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन ।

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको