५ पुस २०८२, शनिबार | December 20, 2025

नयाँ सरकार बनाउन समर्थन जुटाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार बनाउन प्रयास गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी बैठकले नयाँ सरकार बनाउन सम्पूर्ण रुपमा लाग्ने निर्णय गरेको हो ।

कांग्रेसले जनता समाजवादी पार्टीको समर्थन प्राप्त हुने विश्वास गरेको छ । माओवादी केन्द्रले भने कांग्रेसलाई नयाँ सरकार गठनका लागि धेरै पहिलादेखि समर्थन गर्दै आएको छ ।

राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय बाँकी नै रहेका कारण त्यसबीचमा अन्य दलहरुसँग सघन छलफल गरेर अघि बढ्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए । महतले सरकार बनाउन सम्पूर्ण पार्टी पंक्ति क्रियाशील बन्ने निर्णय गरेको जानकारी दिए ।

जसपाको उपेन्द्र यादव पक्षले भने सरकार बनाउन सहयोग गर्ने घोषणा गरिसकेको छ । महन्थ ठाकुर पक्षले भने ओली सरकारकै निरन्तरता दिने गरी विज्ञप्तिमार्फत सत्ताको कुनै खेलमा नलाग्ने जनाएको छ ।

यस्तै एमालेकै नेपाल समूहले समेत तोकिएको समयभित्र एउटा निकास दिने भएकाले सरकार बन्ने पर्याप्त आधार रहेको महतले बताए ।

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : ३० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको