१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

कांग्रेस पदाधिकारीको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान ११ बजे बस्दैछ । पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्ने तयारी गरिएको हो ।

बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने एजेन्डामाथि छलफल हुने बताइएको छ । उनीहरूले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव र क्रियाशील सदस्यता विवाद समाधानका विषय बैठकको मुख्य एजेन्डा बनाएका छन् ।

बिहीबारको बैठकमा उक्त एजेन्डा राख्न नसक्ने अवस्था बनेपछि महामन्त्री थापा बिनासूचना अनुपस्थित भएका थिए ।

कांग्रेसभित्र अहिले महाधिवेशनको मिति र प्रक्रियालाई लिएर तीव्र मतभेद देखिएको छ । पार्टीभित्रको संस्थापन पक्ष (शेरबहादुर देउवा नेतृत्व) सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ ।

त्यसका विपरीत, संस्थापनइतर समूह मंसिरभित्रै महाधिवेशन सम्पन्न हुनुपर्ने र नभए विशेष महाधिवेशनमा जाने अडानमा रहेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भने दिउँसो १ बजे बस्ने तय गरिएको छ, जसमा आजको पदाधिकारी बैठकमा तय भएका प्रस्तावहरू औपचारिक रूपमा पेश गरिनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ११ बजे

ह्यारी केनलाई बालोन डी’ओर, २५ वर्षपछि इंग्ल्यान्डका खेलाडीलाई उपाधि

काठमाडौं । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा । पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री । फूलको

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको

नेपालमा भारी वर्षाको जोखिम अझै टरेन, हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चक्रवात ‘अर्नब’का कारण नेपालमा हुन सक्ने वर्षाबारे मौसम

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको