९ चैत्र २०८२, सोमबार | March 23, 2026

बागलुङमा थप २ जना कोरोना संक्रमणको मृत्यु



बागलुङ । बागलुङमा कोरोना भाइरस संक्रमणबाट मंगलवार थप २ जनाको मृत्यु भएको छ ।

मंगलवार एक महिलाको धवलागिरि अस्पताल र एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।

जिल्लाको ढोरपाटन नगरपालिका-४ निवासी ६६ वर्षीया महिलाको धवलागिरि अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

बागलुङ नगरपालिका-४ का ७७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । वैशाख २२ गते गण्डकी मेडिकल कलेजमा उनलाई कोरोना पुष्टि भएको थियो । उनी पोखराबाट फर्केलगत्तै होम आइसोलेसनमा रहेको बेला मृत्यु भएको घिमिरेले बताए । याेसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ३८ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले