९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालमा कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय



काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड-१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर बढ्दै गएपछि अन्तर्राष्ट्रिय क्षेत्रले सक्रियता बढाउन थालेको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती पत्रिका ‘द गार्जियन’ अनलाइन संस्करणमा विश्वका ठूला देशसँग सहयोगका लागि आह्वान गरेपछि अन्तर्राष्ट्रिय निकायले सहयोग पहल थालेका हुन् ।

हाल, नेपालमा दैनिक ९ हजारको संख्यामा कोरोना संक्रमित बढिरहेका छन् भने सयभन्दा बढीको ज्यान गइरहेको छ । अक्सिजन अभावका कारण संक्रमितले ज्यान गुमाइरहेको स्थिति छ । स्वास्थ्य संकट गहिरिदै गइरहेकै बेला अन्तर्राष्ट्रिय नियोगले सहयोगका लागि अपिल गरिरहेका छन् । संयुक्त राष्ट्रसंघ नेपालस्थित आवसीय संयोजक सारा बेयसोलो नयन्तीले कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन निर्माता मुलुकसँग अपिल गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालले २० प्रतिशत नागरिकलाई भ्याक्सिन पु-याउन नसकेको र अहिलेको अवस्थामा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएकी छन् ।

त्यस्तै, अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्ध लड्न करिब ४ करोड अमेरिकी डलर सहायता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासको ट्वीटरमा उल्लेख भएअनुसार अमेरिकी रक्षा मन्त्रालयले कोभिड-१९ विरुद्ध लड्नका लागि अक्सिजन थेरापी, पीपीई, मेडिकल सामग्री प्रदान गरेको जानकारी दिएको छ ।

त्यस्तै, कोभिड-१९ विरुद्ध जुध्न चीनले नेपाललाई ३ हजार ५ सय सिलिन्डर अक्सिजन सहयोग गर्ने प्रतिबद्धताअनुसार मंगलबार मात्रै पहिलो खेपमा चार सय थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर आइपुगेको छ । कोभिड-१९ दोस्रो लहर फैलिएसँगै अक्सिजन र भेन्टिलेटर अभावका कारण दैनिक मृत्युदर बढिरहेकै बेला चीनले सहयोग गरेको हो ।

स्विटजरल्यान्ड विदेश मामिला संघीय विभागको एसिया प्रशान्त विभाग प्रमुख राफेल नागेली टोलीले एक साताभित्र नेपालमा कोभिडविजधानी दैरुद्ध लड्न मेडिकल सामग्री पठाउने प्रतिबद्धता जनाएको छ ।

स्वीटजरल्यान्डका लागि नेपाली राजदूत मणि भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । विश्व स्वास्थ्य संगठनका पूर्वनिर्देशक एन्थोनी कोस्टेलोले पनि कोभिड-१९ दोस्रो लहरबाट आक्रान्त नेपाललाई सहयोगका लागि अपिल गरेकी छन् । बेलायत वैदेशिक मामिला अधिकारीलाई मेन्सन गर्दै उनले आवश्यक अक्सिजन, भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेकी हुन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ६ : ४४ बजे

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन