९ चैत्र २०८२, सोमबार | March 23, 2026

पाकिस्तानमा कोरोना संक्रमणबाट दुई सयभन्दा बढी चिकित्सकको मृत्यु



काठमाडौं । कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट पाकिस्तानमा हालसम्म २०२ चिकित्सकको मृत्यु भएको पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए)ले जानकारी दिएको छ ।

मृतकमध्ये २४ मेडिकल अधिकृत, १९ चिकित्सक र १३ बालरोग विशेषज्ञ तथा केही नाक, कान, घाँटी विशेषज्ञलगायत रहेको पीएमएले जनाएको छ । चिकित्सकको अग्रमोर्चामा रहेर काम गर्ने शिलशिलामा मृत्यु भएको पीएमएले जानकारी गराएको छ ।

पीएमएले कोरोनाभाइरसबाट निधन भएका चिकित्सकको परिवारलाई क्षतिपूर्ति ‘सुहुदा प्याकेज’ दिन पाकिस्तानी सरकारसँग आग्रह गरेको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘द न्युज इन्टरनेसनल’ले जनाएको छ ।

मृतकमध्ये ७४ चिकित्सक पञ्जाब राज्यका थिए भने ६४ सिन्धका थिए । त्यसैगरी, ५३ जना खैबर पख्तुंख्वाका रहेका छन् भने पाँच बालोचिस्तान र तीन चिकित्सक पाकिस्तान प्रशासित कश्मिर ९पीओके० का तथा एक गिलगित-बाल्टिस्तानका रहेका ‘द न्युज इन्टरनेसनल’को रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ०१ बजे

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन