१४ माघ २०८२, बुधबार | January 28, 2026

नेपालमा कोरोना कहर : भदौसम्म मृतकको संख्या ४२ हजार पुग्ने प्रक्षेपण



काठमाडौं । कोरोनाको दोस्रो लहरले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएका बेला भदौ १६ सम्म ४२ हजार जनाको ज्यान जान सक्ने प्रक्षेपण एक अन्तर्राष्ट्रिय संस्थाले गरेको छ ।

अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई)’ ले महामारीको विभिन्न नतिजाका आधारमा यस्तो प्रक्षेपण गरेको हो । उक्त संस्थाले विश्वका २३० स्थानमा महामारीको गणितीय प्रक्षेपण गर्दै आएको छ ।

प्रक्षेपण गर्दा निषेधाज्ञा, मृतक संख्या, संक्रमित संख्या, अस्पताल भर्ना दर, जनसंख्याको कति प्रतिशतले मास्क लगाएको छ जस्ता आधार तय गरिएको थियो । कोरोना महामारी सुरु भएयता बुधबारसम्म नेपालमा ४ हजार २५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८ संक्रमितको मृत्यु भएकोे छ । मंगलबार सर्बाधिक २२५ जनाको मृत्यु भएको थियो । त्यस्तै सोमबार १३९ जनाको मृत्यु भएको थियो ।

सघन उपचार कक्षमा उपचारत बिरामीको संख्या मंगलबार १ हजार ८४ रहेकोमा बुधबार यो संख्या बढेर १ हजार २४१ पुगेको छ । मन्त्रालयका अनुसार २८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार पिसिआर र एन्टिजेन गरी २० हजार ७८६ जनाको परीक्षण गरिएकोमा ९ हजार ३०५ अर्थात् ४४ प्रतिशतमा संक्रमण देखिएको छ ।

सक्रिय संक्रमितको संख्या बुधबार १ लाख नाघेको छ । मन्त्रालयका अनुसार नेपालमा मृत्युदर १ दशमलब ३ प्रतिशत पुगेको छ । मृत्यु हुने संख्या मंगलबारसम्म उमेरगत हिसाबले ६० वर्ष नाघेका ५८ दशमलब ३९ प्रतिशत र ३० देखि ५९ वर्ष उमेर समूहमा ३७ दशमलब ४१ प्रतिशत छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ७ : ४८ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य