९ चैत्र २०८२, सोमबार | March 23, 2026

कोरोना कहर : रुपन्देहीबाट प्रकाशित हुने पत्रपत्रिका जेठ १ गतेबाट बन्द हुने



बुटवल । कोरोना भाइरस कोभिड-१९ को कारण पत्रपत्रिका वितरण तथा समाचार संकलन, प्रकाशनमा असर परेको भन्दै रुपन्देहीका पत्रिपत्रिकाहरु केही दिनका लागि प्रकाशन स्थगित हुने भएको छ ।

प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै कोभिड-१९ को विषम परिस्थितिमा पनि पत्र पत्रिका प्रकाशन हुदै आएकोमा निषेधाज्ञाबाट आबद्द सञ्चार माध्यमहरुले जसोतसो गरी प्रकाशित गरेका पत्रिका वितरणमा समेत दिन प्रतिदित चुनौती थपिदै गएको भन्दै पत्रपत्रिका केही दिनका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

विज्ञप्तीमा भनिएको छ-‘ प्रकाशन तथा प्रसारण समाज नचाहदा नचाहदै पनि मिति २०७८ जेष्ठ १ गते देखि केही दिनका लागि रुपन्देहीबाट प्रकाशित हुने सबै पत्रपत्रिका प्रकाशन स्थगन गरिएको सुचना दिन वाध्य भएको छ ।’

कोभिड-१९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनः प्रकाशन गर्ने प्रतिबद्दता समेत प्रकाशन प्रसारण समाज रुपन्देहीले जाहेर गरेको छ ।

प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाईन सञ्चार माध्यमहरुले भने कोभिड-१९ को स्वास्थ्य मापदण्ड अपनाई सञ्चार माध्यममा कार्यरत श्रमजिवी पत्रकार, कर्मचारीहरुको स्वास्थ्यमा असर नपर्ने गरि सुरक्षित रही प्रसारण गर्न सकिने समेत अनुरोध समेत विज्ञप्तीमा गरिएको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ५ : १२ बजे

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

इरान-अमेरिका/इजरायल युद्धले सन् १९७० दशकको तेल संकटको सम्झना दिलाउँदै

इरानसँगको अमेरिका–इजरायल युद्धका कारण बढ्दो ऊर्जा संकटले सन् १९७० दशकका

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका रिट न्यायाधीश शर्मा र मुसलमानको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धका

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन