९ चैत्र २०८२, सोमबार | March 23, 2026

केपी ओलीले आजै प्रधानमन्त्रीको सपथ खाने, माधव नेपाल पक्षका चार जना मन्त्री बन्दै !



काठमाडौं । विपक्षी गठबन्धनले सरकार बनाउनका लागि घनिभुत प्रयास गरेपनि आवश्यक संख्या नपुग्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पुनः प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री नियुक्त भएसँगै आजै ओलीले प्रधानमन्त्रीको सपथ खाने गरि तयारी गरिएको बताईएको छ ।

राष्ट्रपति निवास शितलनिवासमा सपथका लागि तयारी सुरु गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार अबको केही घन्टामा नै प्रधानमन्त्री ओलीले फेरि प्रधानमन्त्रीको रुपमा सपथ लिनेछन् ।

यसअघि संसदमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमो धारा ७६(२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरि कांग्रेस, माओवादी केन्द्र र जसपाको उमेन्द्र बाबुराम पक्षले तयारी गरेपनि जसपाको महन्त(महतो पक्षले साथ नदिएपछि कामचलाउ बनेका प्रधानमन्त्री केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुन थालेका हुन् ।

संसदमा विश्वासको मत पाउन नसकेपछि नेकपा एमालेमा माधवकुमार नेपाल पक्षसँग वार्तालाई तीव्र बनाएको ओली पक्षले अन्ततः माधवकुमार नेपालसँग आज साँझ सहमति गरेका थिए । ‘आजै माधव नेपाल पक्षधर चार नेता मन्त्री हुँदैछन्,’ स्रोतको दाबी छ, ‘सबैलाई सपथ खुवाउने तयारी भइसकेको छ ।’

आज प्रधानमन्त्रीका रुपमा सपथ लिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनपछि संसदमा विश्वासको मत लिनु पर्ने छ । एमाले विभाजित हुनबाट रोकियो र जसपाका महन्थ ठाकुर पक्षले सहयोग गरेको खण्डमा प्रधानमन्त्री ओलीलाई संसदमा बहुमत पुग्ने छ ।

ओलीको निरन्तरताका पक्षमा रहेका महन्त पक्षका सांसदहरुलाई राती ९ बजेसम्म सुरक्षित बनाउन महन्त पक्षले भक्तपुर स्थित एम रिसोर्टमा लगेर राखेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ८ : ३५ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा