९ चैत्र २०८२, सोमबार | March 23, 2026

प्रादेशिक आर्थिक वृद्धिमा लुम्बिनी अगाडि



काठमाडौं । आर्थिक वर्ष ०७७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको तुलनामा बढ्ने अनुमान गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रथम चरणको कोरोना सङ्क्रमण महामारीपछि अर्थतन्त्र सामान्य अवस्थातर्फ फर्किन खोजेको अवस्थाका आधारमा सबै प्रदेशको गार्हस्थ्य उत्पादन बढ्ने देखिएको हो ।

विभागले वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा १५ दिनसम्म मात्रै रहने अनुमानका आधारमा प्रदेशगत अर्थतन्त्रको प्रक्षेपण गरेको जनाएको छ । विभागका अनुसार चालू आर्थिक वर्ष सबैभन्दा धेरै आर्थिक वृद्धिदर लुम्बिनी प्रदेशको रहने प्रक्षेपण छ । गत आर्थिक वर्ष १.८ प्रतिशतले ऋणात्मक रहेको लुम्बिनीको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बढेर कुल गार्हस्थ्य उत्पादन चालू आर्थिक वर्ष पाँच खर्ब ९६ अर्ब रुपियाँ पुग्ने अनुमान छ ।

लुम्बिनीपछि बागमती, प्रदेश १, प्रदेश २, गण्डकी र कर्णालीको समान ३.६ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ । विभागका अनुसार यो वृद्धिदरले चालू आर्थिक वर्ष बागमतीको अर्थतन्त्रको आकार १६ खर्ब आठ अर्ब, प्रदेश १ को छ खर्ब ६४ अर्ब, प्रदेश २ को पाँच खर्ब ६२ अर्ब र कर्णालीको एक खर्ब ७२ करोड रुपियाँ रहने प्रक्षेपण गरिएको छ ।

सबभन्दा कम आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशको रहने प्रक्षेपण विभागको छ । गत आर्थिक वर्ष ०.६ प्रतिशतको झिनो वृद्धिदर हासिल गरेको यो प्रदेशले चालू आर्थिक वृद्धिदर ३.४ प्रतिशतको रहने विभागले जनाएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ७ : ३४ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा