९ चैत्र २०८२, सोमबार | March 23, 2026

हेटौँडा अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर ल्याइयो



हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा स्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ ।

अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो ।

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ । यो लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीका लागि प्रयोग गर्न सकिन्छ । यसले एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन उपलब्ध गराउन सक्छ।

उनकै पहलमा छिमेकी जिल्लाबाट केही थान अक्सिजन सिलिण्डर आइपुगेको छ । थप सिलिण्डरहरु आउने बताइएको छ ।अस्पतालमा अक्सिजनको कमी भएर सङ्क्रमितको ज्यान जाने अवस्था सृजना भएपछि मुख्यमन्त्री पौडेल दिनभर अक्सिजनको व्यस्थापन कार्यमा लागेका थिए ।

नीजि अस्पतालले विरामी उपचार गर्न नसक्ने

बागमती प्रदेशको राजधानी हेटौँडामा निजी क्षेत्रबाट सञ्चालीत चुरेहिल हस्पिटल प्रा.लि र मकवानपुर सहकारी अस्पतालले कोभिड १९को बिरामी उपचार गर्न नसक्ने जानकारी गराएको छ ।

दुवैले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै कोभिड सङ्क्रमितको सङ्ख्या बढ्नु र अक्सिजनको सिलिण्डर अभाव भएकाले उपचार गर्न नसक्ने जनाएको हो । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  १० : १३ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा