१४ माघ २०८२, बुधबार | January 28, 2026

कर्णाली प्रदेशले कोरोना रोकथाम र उपचारका लागि १३ करोड ८० लाख रुपैयाँ छुट्यायो



कर्णाली । परिवर्तित रुपसहितको कोरोना भाइरस नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले १३ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशलाई अक्सिजन सिलिण्डर खरीद तथा व्यवस्थापनका लागि छ करोड रुपैयाँ, अक्सिजन कन्सन्ट्रेटरका लागि पाँच करोड ४५ लाख रुपैयाँ, रेम्डिसिभरलगायत औषधि खरीद तथा कोभिड बिरामीको हवाई उद्धारका लागि एकएक करोड उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कुर्मराज शाहीले जानकारी दिए ।

बैठकले प्रदेशका लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्नका लागि अक्सिजन प्लान्ट सुर्खेत जिल्लामा स्थापना (निर्माण) तथा सञ्चालन गर्ने र त्यसका लागि सामाजिक विकास मन्त्रालयले तत्काल आवश्यक कार्य तथा व्यवस्थापन गर्ने निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहीले बताए ।

बैठकले प्रदेशसभा सचिवालयसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गर्नेलगायत निर्णय पनि गरेको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ४४ बजे

अन्तरिम सरकारका मन्त्री चुनावी मैदानमा उत्रिएका भन्दै सांसदद्वारा आलोचना

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले अन्तरिम सरकारमा कतिपय मन्त्री

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज

स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछु : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४

एक वर्षभित्र ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई