५ पुस २०८२, शनिबार | December 20, 2025

भट्टराईले गरे प्रश्न : मुलुक संकटमा परेको बेलामा राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मुलुक संकटमा परेको बेलामा राष्ट्रिय एकताको कुरा गर्नु कुनै अपराध नभएको स्पष्ट पारेका छन् ।

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगरे भेट गरेको विषयमा व्यापक टिकाटिप्पणी भएपछि भट्टराईले दोस्रोपटक आफ्नो धारणा राखेका हुन् ।

भट्टराईले मंगलबार ट्वीट गर्दै संविधानका स्तम्भ एक एक गरी ढल्न लागेको अवस्थामा राष्ट्रिय एकताको कुरा गर्नु कुनै अपराध हुन्छ र भन्दै प्रश्न गरेका छन् ।

‘एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध’, भट्टराईले लेखेका छन्, ‘न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न ! संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टीरनेता निरीह ! सर्पको मुखका भ्यागुता !  अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’

भट्टराईले यसअघि व्यक्ति केपी ओलीलाई भेट नगरेको तर प्रधानमन्त्री केपी ओलीलाई भेट गरी राष्ट्रिय सहमतिको कुरा गरेको प्रष्टिकरण दिएका थिए । तर, ओलीले आफ्नो प्रस्ताव नमानेपछि आफुले त्यसबारे केही नबताएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : ५९ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन