१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

भट्टराईले गरे प्रश्न : मुलुक संकटमा परेको बेलामा राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मुलुक संकटमा परेको बेलामा राष्ट्रिय एकताको कुरा गर्नु कुनै अपराध नभएको स्पष्ट पारेका छन् ।

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगरे भेट गरेको विषयमा व्यापक टिकाटिप्पणी भएपछि भट्टराईले दोस्रोपटक आफ्नो धारणा राखेका हुन् ।

भट्टराईले मंगलबार ट्वीट गर्दै संविधानका स्तम्भ एक एक गरी ढल्न लागेको अवस्थामा राष्ट्रिय एकताको कुरा गर्नु कुनै अपराध हुन्छ र भन्दै प्रश्न गरेका छन् ।

‘एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध’, भट्टराईले लेखेका छन्, ‘न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न ! संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टीरनेता निरीह ! सर्पको मुखका भ्यागुता !  अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’

भट्टराईले यसअघि व्यक्ति केपी ओलीलाई भेट नगरेको तर प्रधानमन्त्री केपी ओलीलाई भेट गरी राष्ट्रिय सहमतिको कुरा गरेको प्रष्टिकरण दिएका थिए । तर, ओलीले आफ्नो प्रस्ताव नमानेपछि आफुले त्यसबारे केही नबताएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ९ : ५९ बजे

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका