१६ चैत्र २०८२, सोमबार | March 30, 2026

पश्चिम नवलपरासीको सीमा नाकामा गोली चल्यो, एकजना घाईते



परासी । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा शसस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना गम्भिर घाईते भएका छन् । भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) मा भएको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो ।

स्थानीय ४ जना युवाहरु भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरी रोक्न खोज्दा उनीहरुले गाँउलेहरुलाई बोलाएर शसस्त्र प्रहरीमाथि आक्रमण गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ । ठूलो समूहमा आएका गाँउलेले प्रहरीमाथि ढुंगामुढा गरको र भिड नियन्त्रण गर्न गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताएका छन् ।

शसस्त्र प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका छन् ।

भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक शंकर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १२ : ३६ बजे

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन छुट्टाछुट्टै इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सुशासन मार्गचित्र : लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार