६ पुस २०८२, आइतबार | December 21, 2025

पश्चिम नवलपरासीको सीमा नाकामा गोली चल्यो, एकजना घाईते



परासी । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा शसस्त्र प्रहरीले चलाएको गोली लागेर एकजना गम्भिर घाईते भएका छन् । भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) मा भएको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो ।

स्थानीय ४ जना युवाहरु भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरी रोक्न खोज्दा उनीहरुले गाँउलेहरुलाई बोलाएर शसस्त्र प्रहरीमाथि आक्रमण गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ । ठूलो समूहमा आएका गाँउलेले प्रहरीमाथि ढुंगामुढा गरको र भिड नियन्त्रण गर्न गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताएका छन् ।

शसस्त्र प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका छन् ।

भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक शंकर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १२ : ३६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ