१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सशस्त्र प्रहरीको गोलीलागेर घाईते भएका युवकको मृत्यु, ६ सशस्त्र प्रहरी घाईते



परासी । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाईते भएका युवाको मृत्यु भएको छ । सशस्त्र प्रहरीको गोली लागेर गम्भिर घाईते भएका प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवाका २२ वर्षीय अविनाश रायको थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

उनको स्थानीय सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा ल्याउँदैगर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) मा भएको भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो ।

स्थानीय ४ जना युवाहरु भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरी रोक्न खोज्दा उनीहरुले गाँउलेहरुलाई बोलाएर शसस्त्र प्रहरीमाथि आक्रमण गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ । ठूलो समूहमा आएका गाँउलेले प्रहरीमाथि ढुंगामुढा गरको र भिड नियन्त्रण गर्न गोली चलाउनु परेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताएका छन् ।

भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र प्रहरी नायब निरक्षक शंकर बुढाथोकी सहित अन्य ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते बुढाथोकीको टाउकोमा चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  २ : १९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा