१६ चैत्र २०८२, सोमबार | March 30, 2026

एमाले वरिष्ठ नेता नेपालले भने संसद विघटन प्रतिगमन भाग २



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओली र राष्ट्रपति बिद्या भण्डारीको कदमलाई प्रतिगमन भाग २ भएको बताएका छन् । उनले आफ्नो फेसबुक एकाउण्टमा प्रतिक्रिया पोष्ट गर्दै फेरि पनि संसदको चीरहरण भएको टिप्पणी गरेका छन् ।

वरिष्ठ नेता नेपालले सितलनिवासबाट व्यवस्थामाथि नै कू गर्न खोजिएको टिप्पणी पनि गरेका छन् । ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’ नेपालले भनेका छन्, ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’

उनले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको भन्दै प्रतिगमन दोहोरिएको बताएका छन् ।’संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।’ नेता नेपालले लेखेका छन् ।

नेपालले प्रधानमन्त्री केपी ओलीको यो कदमको भर्त्सना गर्दै सबैलाई डटेर प्रतिवाद गर्न पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ९ : ३४ बजे

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक