१६ चैत्र २०८२, सोमबार | March 30, 2026

घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न आयोगका पदाधिकारीलाई प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौं । मध्यराती राष्ट्रपतिबाट मध्यावधि निर्वाचनको घोषणा गराएका प्रधानमन्त्री केपी ओलीले आज निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । आयोगका पदाधिकारीहरुलाई निवासमै बोलाएर प्रधानमन्त्री ओलीले घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

बालुवाटारमा पुगेका आयोग पदाधिकारीलाई उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिए । उनले पदाधिकारीसँग राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट पारेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसमा मध्यराति दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छन् ।

निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग पनि आज छलफल गरेका हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ४ : २३ बजे

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक