६ पुस २०८२, आइतबार | December 21, 2025

कोरोना विशेष अस्पताल बुटवलमा थप ४ जना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना विशेष अस्पताल धागोकारखानामा उपचारका क्रममा ४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले दिएको जानकारी अनुसार शुक्रबार अस्पताल भर्ना भएका तिलोत्तमा २ का ७१ वर्षिय पुरुषको आज बिहान ९ः१५ मा मृत्यु भएको थियो भने बैशाख २७ गते अस्पताल भर्ना भएका दरबार देबिस्थान ५ गुल्मीका ४२ वर्षिय पुरुषको आज दिउँसो २ः१५ बजे मृत्यु भएको थियो । त्यसैगरि जेठ २ गते भर्ना भएकी बुटवल ११ की ६१ वर्षिया महिलाको साँझ ५ः२० बजे मृत्यु भएको थियो भने आजै अस्पताल भर्ना भएका सियारी ५ रुपन्देहीकी ५६ वर्षिया महिलाको ५ः४५ बजे मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

प्रादेशिक अस्पतालमा आज बिहान पनि ३ जनाको मृत्यु भएको थियो । आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३९१ पुगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : ३२ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम