१६ चैत्र २०८२, सोमबार | March 30, 2026

जसपाको उपेन्द्र समूहले पार्टी विरोधी गतिविधिमा लागेका कार्यकर्तालाई खोजीखोजी कारवाही गर्ने



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्षले पार्टी विरोधी गतिविधिमा संलग्न भएका कार्यकर्तालाई खोजीखोजी कारवाही गर्ने भएको छ । जसपाको बहुमत केन्द्रीय कार्यकारिणी सदस्य रहेको दाबी गरिरहेको यादव पक्षले पार्टीका कुनै पनि सदस्य सरकारमा सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने निर्णय समेत गरेको छ । पार्टीका प्रचार(प्रसार विभाग प्रमुख डम्बर खतिवडाद्वारा आज जारी विज्ञप्ति जारी गर्दै पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको जानकारी दिईएको छ ।

पार्टीको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेको भन्दै नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका ४ नेतालाई स्पष्टीकरण सोधिएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले यस अघि महन्त ठाकुरालाई दिईएको पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय समेत गरेको खतिवडाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेको हुँदा कुनै अमूक व्यक्ति संसदीय दलको नेता भएको अफवाह विल्कुलै झुठो रहेको उल्लेख गर्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनाइएको समेत विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ ।

जेठ ७ गते मध्यरातमा महन्थ ठाकुरले राष्ट्रपतिको कार्यालयमा जनता समाजवादी पार्टीको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको र त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने समेत बैठकले प्रष्ट पारेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ९ : २९ बजे

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष