१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु, बाँके भने आज पनि मृत्युबाट जोगियो



नेपालगन्ज । बाँकेमा उपचाररत ५ जना कोरोना संक्रमितको रातभरीमा मृत्यु भएपनि बाँके भने आज पनि मृत्युबाट जोगिन सफल भएको छ । अन्य जिल्लाबाट बाँकेमा उपचार गर्न आएका कोरोना संक्रमित मध्य ५ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । रातभरीमा भेरी अस्पताल नेपालगन्जमा ३ जना र नेपालगन्ज मेडिकल कलेज बोहलपुरमा २ जनाको मृत्यु भएको छ ।

जेठ २ गते भेरी अस्पताल भर्ना भएका ठाकुरबाबा ३ बर्दियाका ४१ वर्षिय पुरुषको आईतबार साँझ ६ः३० बजे मृत्यु भएको थियो भने २ गते नै भेरीमा भर्ना र्भका तुलसिपुर ६ दाका ७१ वर्षिय पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि आईतबार म्डिकल कलेज कोहलपुर भर्ना भएका लमही ४ दाङका ४३ वर्षिय पुरुषको मध्यराती १२ः४५ बजे मृत्यु भएको छ भने बैशाख २३ गते भेरी अस्पताल भर्ना भएका बाँसगढी बर्दियाका ५५ वर्षिय पुरुषको सोमबार बिहान १ बजे, बैशाख २७ गते र मेडिकल कलेज कोहलपुर भर्ना भएका गुलरिया १२ बर्दियाका ५५ वर्षिय पुरुषको पनि १ः१५ मा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् ।

शनिबार देखि बाँकेका कुनै पनि संक्रमितको मृत्यु भएको छैन भने बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या २४५ पुगेको छ । शनिबार सम्ममा बाँकेका २७३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  ९ : १२ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित