१६ चैत्र २०८२, सोमबार | March 30, 2026

नारायणीमा अवैध ढंगले माछा मार्ने २४ पक्राउ



चितवन । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुका साथबाट एउटा बोलेरो जीप, दुई स्कुटर, दुई क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको छ । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा लगाई कानूनी कारबाही गरिने निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७८, सोमबार  १२ : २३ बजे

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००