२० मंसिर २०८२, शनिबार | December 7, 2025

कोरोना विरुद्धको आफ्नै खोप ‘पाकभ्याक बनाउन पाकिस्तान सफल



चीनको क्यानसिनो बायो इन्कको प्राविधिक सहयोगमा पाकिस्तानले कोरोना भाइरस विरुद्ध खोप बनाउन सफल भएको छ ।

पाकिस्तान सरकारले सोमबार ‘पाकभ्याक’ विकसित गर्न सफल भएको जनाएको छ । क्वालिटी कन्ट्रोल परीक्षणमा पाकभ्याक सफल भएको पाकिस्तानले जनाएको छ ।

अन्यदेशसँग खोपमा परनिर्भरता घटाउन पाकिस्तानले देशभित्रै कोरोना विरुद्धको खोपको विकास गर्न सुरु गरेको थियो । चिनियाँ कम्पनी क्यानसिनो बायोले पाकिस्तानको नेशनल इन्स्टिच्यूट अफ हेल्थलाई खोप विकास गर्न सहयोग गरेको थियो ।

गत फ्रेवुअरीमा चीन सरकारले दिएको अनुदानको खोपबाट पाकिस्तानले कोरोना विरुद्ध खोप अभियान सुरु गरेको थियो । हालसम्म करिब ५० लाख नागरिकलाई पाकिस्तानले खोप लगाइसकेको छ । सुरुमा फ्रन्टलाइनरहरुबाट सुरु भएको यो अभियानअन्तर्गत दोस्रो चरणमा जेष्ठ नागरिकहरुलाई खोप लगाइएको थियो । पाकिस्तानले अहिले ३० वर्षमाथिको उमेर समुहलाई खोप लगाउन सुरु गरेको छ ।

प्रधानमन्त्री इमरान खानका स्वास्थ्य सल्लाहकार डाक्टर फैसल सुल्तानले ट्वीट गर्दै खोप विकसित गरेकोमा एनआईएच टिमलाई बधाइ दिएका छन् । चिनियाँ सहयोगमा बनेको खोपले आवश्यक सबै कटिन गुणस्तर परीक्षण पार गरेको डा. सुल्तानले दाबी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौताका कारण एनआईएचले प्रतिमहिना ३० लाख डोख खोप उत्पादन मात्र गर्नसक्ने जनाएका छन् । मे महिनाको अन्तसम्म पाकभ्याकको पहिलो डोज खोप लगाउन सकिने विश्वास अधिकारीहरुले गरेका छन् ।

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  १२ : २० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल