२० मंसिर २०८२, शनिबार | December 7, 2025

अध्यादेशले पनि उघ्रिएन रेलको घुम्टो



काठमाडौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा छ ।

सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी अध्यादेशसमेत जारी गरिसकेको छ ।

पटक-पटक समय तोक्दै आए पनि जनशक्तिदेखि कानुन अभावलगायत कारण रेल सञ्चालन हुन सकिरहेको छैन । भारतबाट रेल ल्याइए पनि सुरुदेखि नै सञ्चालन गर्न जनशक्ति, संरचना, कानुन अभाव तथा अन्तरदेशीय अनुमति समस्या रहँदै आएको छ । सरकारले पछिल्लोपटक चैतमा सबै तयारी पूरा भएको जनाउँदै चाँडै सञ्चालन हुने बताएको थियो ।

रेल्वे कम्पनीमा यसअघिका झन्डै ६० अस्थायी कर्मचारी र १२ स्थायी कर्मचारी छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामती कर्मचारी काजमा ल्याएर जनशक्ति अभाव कम गर्ने काम गरिएको छ ।

कम्पनीले रेल चलाउन दक्ष २६ भारतीय कर्मचारी ल्याएर सञ्चालन तयारी गर्दै आएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जयनगर-कुर्था रेलमार्गमा सञ्चालनका लागि गत २ असोजमा रेल ल्याइएको हो ।

सो रेलमा १ हजार २ सयदेखि १ हजार ३ सयसम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्ने जनाइएको छ । सन् २०१४ देखि बन्द नेपालको एक मात्र रेलमार्ग पुनः सञ्चालन गर्ने व्यवस्थासहित सरकारले गत असोजमा १ अर्ब रुपैयाँभन्दा बढी खर्चेर भारतबाट दुई रेल किनेर ल्याएको थियो । हाल, ती रेल प्लास्टिक बेरेर सशस्त्र प्रहरीको सुरक्षामा राखिएका छन् ।

३४ किलोमिटर जनकपुर-जयनगर रेलमार्ग ब्रोडगेजमा विस्तार भएको र यो मार्गमा २०७५ पुसमै रेल सञ्चालन घोषणा गरिएको थियो । टेनिस रोकाले राजधानी दैनिकमा लेखेका छन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ६ : २१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल